गण्डकी प्रदेशमा आज २१ जना संक्रमित थपिए

३० साउन ७७, शुक्रबार

३० साउन, तनहुँ ।
गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

थपिएका मध्ये तनहुँका मात्रै २० जना छन् भने स्याङ्जाका एकजना छन्। तनहुँमा थपिएका सबै संक्रमित भानु नगरपालिका वडा नम्बर १ का हुन्। संक्रमित हुनेमा ५ वर्षीया एक बालिका छन् भने अन्य ५ महिला र १४ पुरुष छन्। अधिकांश संक्रमित बयस्कहरु छन्।

त्यस्तै स्याङ्जामा थपिएका संक्रमित पुतली बजारका ३९ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ। आज थपिएका संक्रमितसहित प्रदेशमा कुल संक्रमितको संख्या १६ सय ८१ पुगेको छ। यसैबीच चितवनको भरतपुर अस्पतालले आकस्मिक सेवा बन्द गरेको छ।

Advertisement

अस्पतालका एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको अस्पतालले विज्ञप्ती निकालेर जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top