सिन्धुपाल्चोकको पहिरो पीडित बस्तीमा पुगे सभामुख सापकोटा

३० साउन ७७, शुक्रबार
Share this
721shares

३० साउन, सिन्धुपाल्चोक । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको पहिरो पीडित बस्तीमा पुगेका छन् ।

Advertisement

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान भीषण पहिरो गएको थियो। सोही निरीक्षणका लागि सभामुख घटनास्थल पुगेका हुन्।

लिदीको लामा टोलमा बस्ती माथिबाट आएको पहिरोले १३ वटा घर पुरिएका छन् भने दर्जन बढी मानिस बेपत्ता भएका छन्।

Advertisement

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बिहान साढे ६ बजेतिर पहिरो गएको जानकारी दिए।

पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन्। लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ।

Advertisement

बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top