आजका प्रमुख खबरहरुः
१.(सय नजिक मृतक)
कोरोनाबाट थप ४ जनाको मृत्यु भएसंगै नेपालमा हालसम्म ९९ जनाको मृत्यु /आजै ५ सय ९४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो /१७ हजार ७७ जना डिस्चार्ज ।
२.(यस्तो छ संख्या)
शुक्रबारसम्म ४ लाख ९४ हजार ६ सय १३ जनाको कोरोना परीक्षण /आज आइसोलेसनमा ७ हजार ९ सय १३ जना संक्रमित उपचाररत /१४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा ।
३.(प्रदेशको ब्यथा)
मोरङमा ६२ सहित प्रदेश १ मा ९५ जना नयाँ संक्रमित थपिए / विराटनगरमा मात्र ३३ जना थपिए /प्रदेश १ मा संक्रमितको संख्या १ हजार ८ सय २१ पुग्यो /१ हजार ७५ जना डिस्चार्ज ।
४.(फुक्ला त गाँठो ?)
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिँदै / विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन ।
५.(डाक्टरको जुक्ति)
कोभिड–१९ रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको डा. बाबुराम भट्टराइको भनाई /कोरोना संक्रमण नियन्त्रणको तयारीमा सरकार चुकेको आरोप /राम मन्दिरको कुरा छाडेर कोरोना नियन्त्रणमा लाग्न सुझाव ।
६.(पहिरोको पीडा)
सिन्धुपाल्चोकको लिदीमा पहिरोले १३ घर पुरिँदा बेपत्ता ३८ मध्ये ११ जनाको शव फेला /२७ जना अझै वेपत्ता /घाइते पाँचको हेलिकप्टरमार्फत उद्धार/गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्नि सापकोटद्वारा पहिरो पीडितलाई राहतसहित पहिरो गएको स्थानको निरीक्षण ।
७.(भूमि फिर्ताका लागि)
नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा स्वीकृत /संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालको भनाई ।
८.(समितिको दिनचर्या)
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिद्वारा पारित /समितिको बैठक केही दिनका लागि स्थगित /अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आगामी बैठकको मिति तोकिने ।
९.(हतार हुन्छ कि ?)
नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीको भनाई /पर्यटन क्षेत्र चलायमान गर्न आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने ।
१०.(सेवाको ढोका बन्द)
कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको भन्दै वैदेशिक रोजगार बिभागबाट प्रदान हुने प्राय सबै सेवा बन्द /भदौ १५ सम्मका लागि आर्थिक सहायता लगायतको सवै सेवा बन्द गरिएको बोर्डको भनाई ।
११.(ठडिँदैछ काष्ठमण्डप)
भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न / खर्च व्यहोर्ने जिम्मा लिएको काठमाडौ महानगरपालिकाद्वारा तीन चरणमा गरी साढे १० करोड रुपैयाँ हस्तान्तरण ।
१२.(मानवअधिकारको वकालत)
कोभिड कहरमा वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा पुनस्थापना गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह /रोजगारी र आम्दानी गुमाएका तथा ऋणको चंगुलमा परेका श्रमिक र परिवारलार्य राहत दिन सुझाव ।
१३.(फेरि उक्लियो सुन)
सुनचाँदीको भाउ आज शुक्रबार पनि बढ्यो /सुन प्रतितोला ८ सयले बढेर तोलाको ९८ हजार ६० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँ बढेर एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण ।
१४.(खेलाडीमा कोरोना)
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा काठमाडौ बोलाइएका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि /३४ खेलाडीसहित ५४ जनाको स्वाब परिक्षण गरिएकोमा एक खेलाडीमा पोजेटिभ देखियो ।
र,
१५.(विश्वमा कोरोना)
कारोना संक्रमणका कारण हालसम्म विश्वभर ७ लाख ५८ हजार बढीको मृत्यु /२ करोड ११ लाख बढी संक्रमित /१ करोड ३९ लाख बढी निको भए ।