×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

बायर्नसँग ८–२ ले पराजित हुँदै बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो

३१ श्रावण २०७७

३१ साउन, एजेन्सी ।
जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

लिस्बनमा शुक्रबार राती भएको खेलमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८–२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थपेको थियो ।

Advertisement
Advertisement

थोसम मुलरले चौथो मिनेटमै गोल गरेर बार्यनलाई १–० को अग्रता दिलाए । बार्सिलोनाले सातौं मिनेटमा अल्बाको गोलबाट बराबरी गर्यो । त्यसपछि भने बार्सिलोना बायर्नको अगाडि निकै निरीह देखियो ।

बायर्नका लागि २१ औं मिनेटमा इभान पेरिसिकले र २७ औं मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरे । ३१ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गरे । यसरी पहिलो हाफमा बायर्न ४–१ ले अगाडि रह्यो । ५७ मिनेटमा बार्सिलोनाका लागि सुअरेजले एक गोल गरे र खेललाई ४–२ को अवस्थामा पुर्याए ।

बायर्न भने रोकिएन । उसले फेरि चार गोल थप्यो । ६३ औं मिनेटमा किमिचले र ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । यस्तै काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरे ।

बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लाइप्जिगले अन्तिम चारमा एक अर्कासँग भिडन्त पक्का गरिसकेका छन् ।

Advertisement

सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक भएको बताइएको छ । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top