बस्ती सारिदिन गुहार्दा-गुहार्दै १३ घर पुरिए : ११ को मृत्यु, २७ जना बेपत्ता

३० साउन ७७, शनिबार

सिन्धुपाल्चोक : माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा पर्‍यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

जिल्ला विपद् व्यवस्थापन समिति र जुगल गाउँपालिकामा उनीहरूले गत महिना बुझाएको निवेदनको जवाफ पाए– ‘आफैं सुरक्षित बस्नुस् ।’ विकल्प नै नदेखाई सर्नु भनेका आधारमा गाउँलेले वर्षामा अन्त जान आँट गरेनन् ।

पहिल्यै उच्च जोखिम आकलन गरेर डराइरहेको बस्तीमध्येकै जुगल–२ गोल्चे लिदीमा शुक्रबार पहिरोमा १३ घर पुरिएका छन् । घरसँगै पुरिएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । २७ जनाको खोजी भइरहेको छ । अविरल वर्षासँगै मास्तिरको पाखो बस्तीमा खसेको हो । बिहान साढे ६ बजे खसेको पहिरोमा परेको बस्तीबाट भागेर १५ जना बाँचेका छन् । ज्यान जोगाउन भाग्दा घाइते ५ जनालाई सेनाको हेलिकप्टरमा उपचारका लागि पठाइएको छ ।

Advertisement

फेला परेका शवको सनाखत हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । पहिरोबाट जोगिन भाग्दा घाइतेमध्ये ४ लाई चौतारा र एक जनालाई सेनाको हेलिकप्टरमा काठमाडौंको सिभिल हस्पिटल पठाइएको छ । घटनास्थल दुर्गम भेगमा पर्छ । निरन्तरको वर्षाले सडक भास्सिँदा एक्स्काभेटर तत्काल ल्याउन सम्भव नहुँदा बेपत्ताको खोजी गर्न गाह्रो भएको डीएसपी माधवप्रसाद काफ्लेले बताए । ‘पुरिएका ठाउँमा कुटो, कोदालो, साबेल प्रयोग गरेर पनि बेपत्ताको खोजी भइरहेको छ । सेना, प्रहरीदेखि स्थानीय सबै मिलेर खोजी गरिरहेका छौं,’ उनले भने ।

गत महिना माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि स्थानीय आशबहादुर दोङ सपरिवार केही दिन छिमेकी गाउँमा शरण लिएर बसेका थिए । वर्षा थामिएजस्तो देखिएपछि घर फिरे । गाउँले मिलेर गाउँपालिकामा गई सुरक्षित ठाउँमा सर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘सरकारकै बेवास्ताले यी सबैको ज्यान गएको हो । यहाँ पहिरोको जोखिम छ, बस्न सकिँदैन भनेर कति भन्यौं कति,’ उनले भने ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top