त्रिविका सबै विषय र संकायको परीक्षा स्थगित

३१ साउन ७७, शनिबार

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ । अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

Advertisement

परीक्षा हुन नसके पनि माथिल्लो तह र सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन थाल्न त्रिविले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ ।

क्याम्पस विभागहरूले माथिल्लो तहको पठनपाठन गराउन विद्यार्थीलाई सूचित गर्न थालेका छन् । ‘अहिलेलाई परीक्षा सञ्चालन गर्न सम्भव देखिएन,’ उनले भने, ‘परीक्षा नभए पनि उपल्लो तहको पठनपाठन गर्न भनेका छौं ।’ पहिलो सेमेस्टर वा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको कोर्स पूरा भएर परीक्षा हुन नसकेको भए पनि दोस्रो वर्ष वा सेमेस्टरको कक्षा सञ्चालन गर्न भनिएको छ ।

Advertisement

वैकल्पिक कक्षाका लागि त्रिविले अध्यापक र विद्यार्थीलाई इमेल आईडी वितरण गरिरहेको छ । करिब ५ लाख आईडी बाँड्ने लक्ष्य त्रिविको छ । विज्ञहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सुझाव दिए पनि डिन कार्यालयहरूले हाललाई स्थगित गरेर भए पनि परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top