कोरोना परास्त गर्ने उपाय- ‘सतर्क रहौं, नआत्तिऔं, मनोबल बढाऔं’

३० साउन ७७, शनिबार

काठमाडौं : कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार संक्रमितमध्ये सय जनामा ६७ जना निको भएर घर फर्किएका छन् ।

कुल संक्रमितलाई आधार मान्दा एक सय जनामा ६७ जना निको भएर घर फर्किएका हुन् । अन्य केही पनि सन्चो हुने क्रममा रहेकाले कोरोना संक्रमण हुनेबित्तिकै मरिन्छ कि भन्ने डर र त्रास भने लिन नहुने चिकित्सकको सुझाव छ । संक्रमित २५ हजार ५ सय ५१ मध्ये हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन्, जुन ६६ दशमलव ८३ प्रतिशत हो ।

संक्रमितहरू मध्ये डिस्चार्ज हुनेको संख्या पनि उल्लेखनीय रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने चिकित्सकको सुझाव छ । पछिल्ला २८ दिनमा ५ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन् । गत २ साउनसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका थिए ।

Advertisement

कोरोना भाइरस संक्रमण दर बढ्दै गएको भन्दै चिकित्सकले सतर्क रहन र आत्मानुशासन कायम गर्न सुझाव दिएका छन् । उनीहरूले सकभर घरमै बस्न आग्रह गरेका छन् । सकभर बाहिर ननिस्कन तथा निस्कनै परे भौतिक दुरी कायम गर्न र सरसफाइमा जोड दिन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनावश्यक रूपमा बाहिर ननिस्किन आग्रह गरे । उनले भने, ‘घर बाहिर निस्किनै परे मास्कको सही रूपमा प्रयोग गर्नुपर्छ । हामी स्वयं सतर्क भयौं भने संक्रमण हुँदैन ।’

Advertisement

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले एकपटक निको भएका व्यक्तिबाट कोरोना संक्रमण नसर्ने भन्दै उनीहरूलाई शंका र दुव्र्यवहार गर्न नहुने बताए । उनले भने, ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन पोसिलो खाना खाने र व्यायाम गर्ने गरौं । जति थोरै व्यक्तिसँग भेट गर्छौं, संक्रमण सर्ने सम्भावना कम रहन्छ ।’, याे खबर राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top