सिन्धुपाल्चोक पहिरा अपडेटः थप एकको शव फेला, २० जना अझै बेपत्ता

३२ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा पुरिएका थप एक जनाको शव भेटिएको छ । हराइरहेकाहरुको खोजी गर्ने क्रममा थप एक जनाको शव भेटिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार १४ वर्षका हिन्दोस दोङको शव भेटिएको हो । योसँगै अहिलेसम्म सात बालक, पाँच बालिका, चार महिला र तीन पुरुष गरी १९ जनाको शव भेटिएको छ । अझै पनि २० जना वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ ।

हराइरहेकाहरुको खोजीको लागि एक्स्काभेटर लैजाने तयारी पनि भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले मिलेर हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।

Advertisement

पहिरोबाट प्रभावित लिदीका एक सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी पनि गरिएको छ । क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलनको काम पनि भइरहेको छ । गाउँपालिकाकाका योजना सल्लाहकार रामबाबु नेपालका अनुसार लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।

गएको शुक्रबार बिहान आएको पहिरोले लिदीको ३७ वटा घरमा क्षति पु¥याएको छ भने १३ वटा घर पूरै भत्किएका छन् । पहिरोमा परेर घाइते भएका पाँच जनाको सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top