×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

कोरोनाबाट आफै जोगिन गृहमन्त्रीको सर्वसाधारणलाई अपील

३२ श्रावण २०७७

३२ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दिको सबै नियमहरु पालना गर्न अपील गरेका हुन् । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको बताए ।

Advertisement
Advertisement

आइतबार काठमाडौ स्थित हाम्रा संबाददातासँग कुरकाकानी गर्दै गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताएका हुन् ।

उनले भने ‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दिका नियमहरुलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । म सबै आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपनि फेरी संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे । लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताए ।

उनले भने ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौ र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ । अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ । यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौं ।’

सरकारले देशभित्र प्रवेश गर्ने१० वटा नाका तोकेपनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताए । अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए ।

उनले भने ‘अव हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ । त्यहि पनि लुकिछिपि आउने केही मात्रामा भइपनि राखेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ । हिजोको जुन अवस्था थियो त्यो चाहिं अहिले छैन् ।’

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताए । कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताए ।

उनले भने ‘अहिले दुईवटै संकट आएको हुनाले जटिलता त पैदा भएको छ । हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौं । कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति हामी क्रियाशिल छौं । विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ तीन तहमा नै त्यो माध्यमबाट यसको नियन्त्रण र उद्धारको काम गरिराखेका छौं ।’

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताए । विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताए । बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनले बताए । हरेक वर्ष पूर्व तयारी गरिएपनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको बताए ।

‘पूर्व तयारी हामीले हरेक वर्ष गरिराखेका छौं त्यहिपनि त्यो प्रयाप्त छैन् केही समस्याहरु छन् । विशेष गरेर पूर्व तयारीमा आवश्यक साधन र सामग्रीहरुको समस्या छ । विशेष गरेर ठूला हेभि इक्युपमेन्टहरु जो उद्धारको निम्ति आवस्यक हुन्छ त्यसको हामीलाई समस्याहरु छन । कतिपय समस्याहरु तालमेलका समस्याहरु पनि छन् । विपदको सामना गृह मन्त्रालयले मात्रै नगर्ने भएर यसका सरोकारवाला निकायहरुपनि छन् । ती सबै मिलेर गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा तालमेलहरु नमिल्दापनि समस्या उत्पन्न हुने गरेको छ । हामीले समयमा नै यसको उद्धार कार्यमा केही जटिलताहरु पैदा हुने गरेको छ । त्यहिपनि यसलाई सकेसम्म न्यून गर्न हाम्रो प्रयत्न जारी छ ।’

Advertisement

गृहमन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनस्थापनाका लागि निकासी गरी काम भइरोखेको बताए ।

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top