Nepal Times
Nepal Times
3
Shares

विराटनगरका महिलाहरुले अभिनय गरेको राष्ट्रिय गीत सार्वजनिक(भिडियोसहित)

विराटनगरका महिलाहरुले अभिनय गरेको राष्ट्रिय गीत सार्वजनिक(भिडियोसहित)

३२ साउन, विराटनगर ।
राता, हरिया पहिरन, चिटिक्क श्रृंगारमा महिलाहरुको समूहले त्यो पनि तीजको पूर्वसन्ध्यामा निकालिएको म्युजिक भिडियो भन्ना हामी तीजकै गीत होला भन्ने पहिलो अनुमान गर्छौ ।

किनभने सामान्य अवस्था हुँदा यति बेला दर्जनौं तीज विशेष गीतहरु सार्वजनिक भैसकेका हुन्थे । अहिले कोभिड–१९ का कारण त्यो संख्या निकै खुम्चिएको छ । तर यस वर्ष पनि तीजका नयाँगीतहरु भने बजारमा आएकै छन् ।

संदर्भ र समय तीजको भएपनि त्यस भन्दा फरक एउटा गीत यति बेला चर्चामा छ । एक हप्ताअघि युट्यूबमा सार्वजनिक भएको कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो बोलको राष्ट्रिय गीतले यतिबेला दर्शक, स्रोताको माया पाउँदै गएको छ ।

गायिका प्रश्ना शाक्यको स्वर, अनिता सोनीको शब्द अनि भुपेन्द्र रायमाझीको संगीतमा रचिएको यो गीत राष्ट्रिय भावना र देशप्रेमले ओेतप्रोत छ । विराटनगरका महिला कलाकारहरुले अभिनय गरेको गीतमा यज्ञ पराजुलीको छायाँकन र सन्तोष सरकारको निर्देशन रहेको छ।

यसको म्युजिक भिडियो विराटनगरकै किंग्स मोसन पिक्चरले सम्पादन गरेको हो । विराटनगरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका महिलाहरुको अभिनय रहेको गीतमा देशभक्ति, राष्ट्रिय पहिचान, इतिहास, यहाँको सांस्कृतिक, प्राकृतिक, धार्मीक सम्पदासंगै नेपाली बीरताको गौरव प्रस्तुत गर्न खोजिएकोे छ ।

गीतले विविधतामा अनेकता, अनेकतामा एकता नेपालीको पहिचान भएको सन्देश दिएको छ । सुमधुर संगीत, सरल शब्द र मिठो आवाजले गीतको सन्देशलाई दर्शक स्रोतासम्म राम्रोसंग सम्प्रेषण गरेको दर्शक स्रोताले प्रतिक्रिया दिएका छन ।

           यस्तो छ भिडियो

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.