अफगानी सुरक्षा कारबाहीमा २१ तालिवान लडाकूको मृत्यु

३१ साउन ७७, आइतबार

३२ साउन, काबुल।

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ । अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ ।

बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने अर्का एक जना घाइते भएका हुन् । त्यहाँ सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । पहिलो आक्रमण क्वाडीस जिल्लाको क्वार्चाघी गाउँमा भएको अफगान राष्ट्रिय सैनिक विषेश बलको टोलीले जनाएको छ ।

Advertisement

घटनाका क्रममा स्थानीय गाउँले तर्फ र सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको पनि सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

त्यसैगरी अर्को घटना गजनी प्रान्तमा भएको हो । त्यहाँ नौ जना मारिएको र अरु छ जना घाइते भएको सुरक्षा निकायले जनाएको छ । आन्द्र जिल्लाको चाहर डेवार भन्ने ठाउँमा भएको जनाइएको छ ।

Advertisement

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरुले देशका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाउँदै आएका छन् । पछिल्ला दुवै घटनाका बारेमा तालिवान विद्रोहीहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top