प्राग ओपन टेनिसको उपाधि सिमोना हालेपलाई

प्राग ओपन टेनिसको उपाधि सिमोना हालेपलाई

१ भदौ, एजेन्सी । रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् ।

चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गरिन् ।

विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६(२ र ७(५ ले हराइन् । कोरोना भाइरसको कारण लकडाउन खुलेपछि हालेपले पहिलो उपाधि जितेकी हुन् ।

२८ वर्षीया हालेप प्राग ओपन जित्ने दोस्रो शीर्ष वरीयता प्राप्त खेलाडी हुन् । यसअघि कारोलिना प्लिस्कोभाले २०१५ मा प्राग ओपन जितेकी थिइन् । हालेपको यो वर्षको दोस्रो उपाधि हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.