बार्सिलोनाको मुख्य प्रशिक्षकबाट सेटेन बर्खास्त

बार्सिलोनाको मुख्य प्रशिक्षकबाट सेटेन बर्खास्त

१ भाद्र, एजेन्सी ।
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक सेटेनलाई बर्खास्त गरेको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटेनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको पुष्टि गरेका छन् । सेटेनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । तर, शुक्रबार च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँगको ८–२ गोलको लज्जास्पद हारपछि प्रशिक्षकबाट हटाउने निर्णय गरेको जनाएको छ ।

क्लबका अध्यक्ष बार्टोमेउले सेटेनको औपचारिक बिदाबारे सोमबार घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । अब उनको स्थानमा पूर्वडिफेन्डर रोनाल्ड कोइम्यानलाई बार्सिलोनाको अर्को प्रशिक्षकका रूपमा अनुबन्ध गर्ने तयारी छ । उनी यसअघि पनि बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने बताइए पनि रोनाल्डलाई पछि पार्दै सेटेनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

तर, उनले नेदरल्यान्ड्ससँगको सम्झौताका कारण यसअघि क्याम्प नाउमा अनुबन्ध हुन नसकेको बताएका छन् । त्यस्तै टोटेनह्मका पूर्वप्रबन्धक माउरिसियो पोचेटिनो, बार्सिलोनाका पूर्व खेलाडी जाभी र युभेन्टसका पूर्वप्रशिक्षक मासिमिलियानो एलेग्री पनि सम्भावित विकल्पका रूपमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.