नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न

१ भाद्र, काठमाडौँ ।
नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सोमबार भिडियो कन्फ्रेसिङ्ग मार्फत सम्पन्न भएको छ ।

बैठकमा भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको कार्य प्रगति सम्बन्धमा छलफल भएको हो । सन् २०१९ को जुलाई ७ र ८ मा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनामा भएको कार्य प्रगतिबारे समीक्षा भएको बैठकपछि जारी वक्तव्यमा उल्लेख छ ।

परियोजनाका विभिन्न पक्षबारे विस्तृत छलफल भएको र दुवै पक्षबिच कार्यान्वयको गति तीव्र बनाउने सहमति भएको वक्तव्यमा उल्लेख छ । भूकम्पका कारण प्रभावित भएका ५० हजार घर बनाउन सहयोग गर्ने भारतीय प्रतिबद्धता अन्तर्गत ४६ हजार ३०१ घर निर्माण भएको छ ।

Advertisement

यस्तै नेपालले कोभिड–१९ को महामारी विरुद्धको अभियानमा भारतले गरेको सहयोगप्रति पनि आभार व्यक्त गरेको छ । भर्च्युअल बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी तथा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्राले गरेका हुन् ।

कालापानी–लिम्पियाधुरा–लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबिच आधिकारिक तहमा छलफल भएको हो । यसअघि शनिबार भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन संवाद भएको थियो ।

Advertisement

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त संयन्त्रको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो । संयन्त्रको अर्को बैठक दुवै पक्षको सहमतिमा तोकिने सहमति पनि भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top