२ भदौ, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण होस्टल व्यवसाय संकटमा परेको छ ।
हरेक वर्ष ५० हजार बढि विद्यार्थीहरुलाई सेवा दिँदै आएको नीजि क्षेत्रका होस्टल व्यवसायीहरु कोरोनाको चपेटामा परेका हुन् । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउन पछि व्यवसाय ठप्प छन् ।
होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीहरुको भनाई छ । अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताए । उनले घरभाडा नै सबैभन्दा ठूलो समस्या भएको गास र बासको पनि समस्या तथा सञ्चालक कर्मचारी सबै समस्यामा परेको बताए ।
देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा रहेका छन । जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रीत परिवार छन । सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए ।
होस्टल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उनले बताए । होस्टल सञ्चालन पछि विद्यार्थीहरुले समेत समयमा शूल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण उनले बताए । सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उनको भनाई छ । घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले बताए ।
नीति क्षेत्रका होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ । घर बहाल सम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्ट व्यवासय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनले बताए । दीर्घकालिनमा रुपमा नीजि क्षेत्रबाट सञ्चालिन होस्टलहरुलाई विद्यालय र कलेजकै होस्टलअनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने उनले बताए ।
सरकारले मौद्रीक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टल व्यवसायीहरुका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ । लक डाउनपछि ठप्प रहेका व्यवसायहरु लक डाउन खुकुलो भएपनि शैक्षिक गतिविधि सुरु नुहँदा अझै सञ्चालनमा आउन सकेका छैनन् ।