नेपालको झन्डा जलाउने गीतको भिडियो खिच्‍ने क्यामेरा पर्सन पक्राउ

नेपालको झन्डा जलाउने गीतको भिडियो खिच्‍ने क्यामेरा पर्सन पक्राउ

२ भाद्र, काठमाडौँ ।
झन्डा जलाउने गीतको सुटिङ भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बु नखिपोटबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो । अरु ६ जना अझै फरार रहेको प्रहरीका एक अधिकारीले बताए । गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको थियो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१(१) अनुसार उनीहरुलाई मुद्दा चलाउने भएको छ । झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउन पाइँदैन । यो कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.