नेपाल, भारत र चीनबीचको सीमा समस्या समाधान गर्न तिब्बतको भूमिका उल्लेख्य हुनेः चिनियाँ विदेशमन्त्री

२ भाद्र, एजेन्सी ।
नेपाल–भारतबीचको संवादहीनता प्रधानमन्त्रीस्तरीय टेलिफोन संवादबाट टुटेकोमा चीन आशावादी देखिएको छ ।

पछिल्लो पटक सीमा क्षेत्रको तनावका कारण चीन र भारतबीचको सम्बन्ध पनि खराब मोडबाट गुज्रिरहेको बेला नेपाल र भारतबीच पनि उस्तै सीमा विवादले आपसी तिक्तता बढिरहेको थियो ।

शुक्रबार तिब्बतको स्थलगत भ्रमण गरेपछि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन संवाद हुनुले कूटनीतिक दूरीलाई कम गर्ने उपाय वार्ता नै हो भन्ने पुष्टि भएको बताए । यसका साथै उनले तिब्बतको भूमिका नेपाल, भारत र चीनबीचको सीमा उल्झन टार्नमा उल्लेख्य हुने बताए ।

Advertisement

उनले भने,‘क्षेत्रीय स्थिरताका लागि तिब्बतको विकास अति महत्वपूर्ण छ ।’ तिब्बत भ्रमणका क्रममा राज्यपरिषद सदस्य समेत रहेका वाङले तिब्बत स्वशासित क्षेत्र पार्टी कमिटी सचिव वु यिङ्च्ये, तिब्बतका अध्यक्ष छी चाला सहित तिब्बती अधिकारीहरूसँग अन्तर्क्रिया गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनका विदेशमन्त्रीले वर्षभरिमा विशेष ‘रिसर्च मिसन’ र अनुसन्धानका लागि देशभित्रका केही रणनीतिक महत्वका क्षेत्र भ्रमण गर्ने प्रचलन चल्दै आएको छ । गत वर्षको फेब्रुअरीमा वाङ यीले चीन–म्यानमार सीमा क्षेत्रको भ्रमण गरेका थिए भने अगष्टमा छोङ्छिङ भ्रमण गरे, जसलाई दक्षिण पूर्वी एसिया र आसियान हेर्ने चीनको सांकेतिक झ्याल मानिन्छ ।

Advertisement

दक्षिणपश्चिम चीनको दुवै भ्रमणको उद्देश्य सीमा क्षेत्रको स्थिरताका लागि कूटनीतिक प्रयत्न व्यवस्थापन गर्ने र बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को प्रवर्द्धनलाई गति दिनु रहेको छ ।

सन् २०१५ को अगष्टमा वाङ यीले तिब्बत भ्रमण गरेका थिए । त्यसयता चीन र भारतबीच गलवान उपत्यकामा भएको भीडन्तपछि चिनियाँ सरकारी अधिकारी तहबाट वाङ यीले सीमा लक्षित पहिलो भ्रमण गरेका हुन् ।

उनले भने, ‘चीनको तिब्बत कार्यनीतिको अर्को पाटो भनेको कूटनीतिमार्फत् राष्ट्रिय सुरक्षा, क्षेत्रीय स्थिरता र क्षेत्रीय कूटनीतिक सहकार्य अघि बढाउनु हो ।’ विश्लेषकहरूका अनुसार यो भ्रमणले तिब्बतको सुरक्षा तथा चीनको समग्र विकासको स्थिरतालाई कायम राख्ने रणनीतिक महत्व राख्दछ ।

भारतको सीमा विवाद चीनसँग मात्रै नरहेर, पाकिस्तान, बंगलादेश र नेपालसँग पनि रहेका बेला परराष्ट्रमन्त्री वाङ यीले उच्च तहमा ठोस वार्ता आवश्यक रहेको तर कुनै मध्यस्थकर्ताको जरूरत नरहेको बताए ।

स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश दिँदै गर्दा चिनियाँ मन्त्री वाङ यीको तिब्बत भ्रमण चलेको थियो र सोही सेरोफेरोमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्माओलीबीच भएको टेलिफोन संवादलाई चिनियाँ भूराजनीतिक कोणबाट चासोका साथ हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top