मृत्युदण्ड पाएका नेपालीलार्इ पाकिस्तानी परिवारबाट माफी

१२ बैशाख ७५, बिहीबार

विराटनगर ः पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित परिवारले बुधबार माफी दिएका छन् । हत्या गरेको अभियोगमा  मृत्युदण्डकाे फैसला सुनार्इएका यादव जुवेल जेलमा बसिरहेका छन् ।

पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र पीडक पक्षबीच सौहर्दापूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो। पीडित पक्षलाई पीडक पक्षले ब्लडमनि दिन तयार भएका  छन् तर,ब्लडमनिबापतको रकम भने खुलाइएको छैन।
६ वर्षअघि  स्थानीय अदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो। ११ वर्षअघि यादवलाई पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेकाे थियाे ।
आफूहरुलाई ठूलो पीडा भए पनि माफी दिएको मोहम्मदका दाजु सफिकले  बताए। उनले भने ‘हामीलाई ठूलो पीडा छ। हामीसँग राम्रो भएन। फेरि पनि अल्लाहलाई साक्षी राखी माफी दियौं,’
दुई परिवारबीच मेलमिलापको लागि भूमिका खेलेका पाकिस्तानी वकिल मुहम्मद नुक्वासले पीडित पक्षले माफी दिएर पाकिस्तानीहरु ठूलो दिल भएको नागरिक भएको प्रमाणित गरेको बताए। ‘हामी पाकिस्तानी निकै ठूलो दिल भएको मानिस हौं। यसलाई पीडित पक्षले पुष्टि गरेको छ,’ उनले भने।
उमेशलाई क्षमा दिने बारे सहमती गर्न फैसलवाद पुगेका सरोज रायले आफ्नो मिसन पूरा भएको भन्दै खुसी ब्यक्त गरे। ‘अन्तत : हामी उमेशलाई मृत्युदण्डबाट बचाउन सफल भयौं। पीडित परिवारले ब्लडमनि स्वीकार गरेका छन्। त्यसबारे पछि बताउनेछौं,’ उनले भने, ‘यहाँसम्म आउन साथ दिने सबै साथीभाइप्रति आभरी ब्यक्त गर्दछु।’
पीडित परिवार र पीडक परिवारलार्इ  भेटाउनका पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी र फरान अदिललगायतले सहयोग गरेका थिए । जनकपुस्थित युवा संघका मोहम्मद रियाज साफीले समन्वय गरेका थिए ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top