विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द

१२ बैशाख ७५, बिहीबार

रामपुर, पाल्पा, १३ वैशाख (रासस) ः पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ ।

सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सो ठाउँका अभिभावक, शिक्षक, जनप्रतिनिधिलगायत सरोकारवालाको समन्वय र समभmदारीमा सिद्ध प्राविलाई बन्द गराई यहाँ अध्ययनरत एक मात्र विद्यार्थी अमृत विकलाई छिमेकी विद्यालय भवानी प्राविमा सारिएको स्थानीयवासी एवत सारुले जानकारी दिए।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top