राष्ट्रकवि घिमिरेको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

३ भदौ ७७, बुधबार
Share this
771shares

३ भदौ, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्युप्रति समवेदनामा व्यक्त गरेका छन्।

Advertisement

मंगलबार साँझ ओलीले ट्विटमार्फत भनेका छन्– “राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ। उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् । शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे आफ्नै निवासमा मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top