आज यी ५ प्रदेशमा हुन सक्छ भारी वर्षा

६ असोज ८३, मंगलबार
Share this
830shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

Advertisement

हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

Advertisement

कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा आउने बुधबारदेखि वर्षा हुने क्रम बढ्दै जाने र शुक्रबारदेखि देशका विभिन्न स्थानमा हुरीसहित ठुलो वर्षा हुने सम्भावना देखिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार अपराह्न विशेष मौसमी बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको हो।

साथै मधेस प्रदेश तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन÷चट्याङ÷हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। मौसम महाशाखाका उक्त अवधिमा अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

विशेष बुलेटिनअनुसार उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारबाट नै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ।

बुलेटिनमा अगाडि भनिएको छ, ‘तसर्थ सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। हाल केही स्थानबाट धानबाली भित्र्याउन मौसम सम्बन्धि जानकारी माग भएकाले सम्बन्धित कृषि विज्ञको सल्लाहमा कार्य गर्नु हुन अनुरोध गरिन्छ। साथै उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने विपद् जोखिम न्युनिकरण प्राधिकरणले जनाएको छ । प्राधिकरणले अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ । त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आग्रह गरिएको छ ।

अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र र नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन प्राधिकरणले अनुरोध गरेको छ ।वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम अपडेट अहिलेलाई यतिनै मौसमसम्बन्धी थप नयाँ जानकारी र अन्य देशविदेशका समाचारका लागि नेपाल टाइम्स अनलाइन टेलिभिजन हेर्दै गर्नुहोला, नमस्कार।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top