काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटवार्तामा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को आवृत्ति र तीव्रता बढ्दै गएको विषयमा पनि छलफल भएको खनालकाे सचिवालयले जानकारी दिएकाे छ।
नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न द्विपक्षीय तथा बहुपक्षीय तहमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।




