च्याम्पियन्स लिगः पीएसजी पहिलो पटक फाइनलमा प्रवेश

च्याम्पियन्स लिगः पीएसजी पहिलो पटक फाइनलमा प्रवेश

३ भदौ, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा आरबी लाइप्जिगलाई ३(० ले हराउँदै पीएसजी फाइनलमा पुग्न सफल भएको हो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

पीएसजीको जितमा मार्किन्होज, एन्जल डी मारिया र जुआन बर्नाटले एक एक गोल गरे । अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.