सीपीएलः एमेजन वारियर्सलाई हराउँदै नाइट राइडर्सद्वारा विजयी सुरुवात

सीपीएलः एमेजन वारियर्सलाई हराउँदै नाइट राइडर्सद्वारा विजयी सुरुवात

३ भदौ, एजेन्सी । ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा विजयी सुरुवात गरेको छ ।

सुनिल नारायणको अलराउन्ड प्रर्दशनमा राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ब्रायन लारा स्टेडियम ट्रीनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । वर्षाको कारण प्रभावित हुँदा खेलमा ३ ओभर घटाइएको थियो ।

गुयानाका युवा ब्याट्सम्यान शिम्रन हेटमायर ४४ बलमा २ चौका र २ छक्का सहित ६३ रनमा अविजित रहे ।

रस टेलरले २१ बलमा २ चौका र २ छक्का सहित ३३ रन जोडे । ओपनर ब्रेन्डन किंग शून्य, चन्द्रपल हेमराज ३, निकोलस पूरन १८ रनमा आउट भए । किमो पल १५ रनमा अविजित रहे । राइडर्सका स्पिनर सुनिल नारायणले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अली खान, ड्वेन ब्राभो र जयदेन सेल्सले १–१ विकेट लिए ।

१ सय ४५ रनको विजयी लक्ष्य राइडर्सले १६ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । ओपनर सुनिल नारायणले २८ बलमा ४ छक्का र २ चौका सहित ५० रनमा क्याच आउट भए । डरेन ब्राभो ३०, कप्तान काइरान पोलार्ड १० र कोलिन मुनरो १७ रनमा आउट भए ।

वारियर्सका स्पिनर इमरान ताहिरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । नभिन उल हक २, किमो पल र शेरफन रदफोर्डले १–१ विकेट लिए । अलराउन्डर प्रर्दशन गरेका नारायण ‘प्लेयर अफ द म्याच’ चुनिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.