Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौँ, १३ वैशाख  ः राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गरेकी छिन् ।

उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उहाँले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेकी हुन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.