×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सीपीएल: सन्दीप सम्मिलित जमैकाको विजयी सुरुवात, सन्दीपले लिए १ विकेट

४ भाद्र २०७७

४ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले विजयी सुरुवात गरेको छ । बुधबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा जमैकाल सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।

१ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले १८.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । जमैकाका आसिफ अलीले २७ बलमा ५ चौका र २ छक्का सहित ४७ रनमा अविजित रहँदै जित पक्का गरे । कार्लोस ब्रेथवेट ९ बलमा १ चौका र १ छक्का सहित १८ रनमा अविजित रहे ।

Advertisement
Advertisement

ओपनर चाडविक वाल्टन २ रनमा आउट भए । ओपनर ग्लेन फिलिप्सले २९ बलमा ३ चौका र ३ छक्का सहित ४४ रन बनाउँदै राम्रो अवस्थामा पुर्याएका थिए । फिलिप्सलाई केस्रिक विलियम्सले ११ औं ओभरको पाँचौ बलमा क्याच आउट गराएका थिए ।

केस्रिक विलियम्सले १७ औं ओभरको पहिलो बलमा आन्द्रे फ्लेक्चरबाट आन्द्रे रसेललाई १६ रनमा क्याच आउट गराएपछि जमैका दबाबमा परेको थियो । जुक्सका केस्रिक विलियम्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । रहकिम कर्नवाल, स्कट कुग्गेलेइजन र आबेद म्याकोयले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो। जुक्सका लागि रोस्टन चेशले ४२ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । चेशलाई १९ औं ओभरको तेस्रो बलमा मुजिब उर रहमानले ओशान थोमसबाट क्याच आउट गराए ।

दोस्रो ओभरको अन्तिम बलमा विरसामी पेरुमलले ओपनर रेहकिम कर्नवाललाई कप्तान रोभमान पोवेलबाट ९ रनमा क्याच आउट गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । पेरुमललेनै चौथो ओभरको अन्तिम बलमा मार्क डियाललाई चाडविक वाल्टनबाट ६ बलमा १ चौका र २ छक्का सहित १७ रनमा पेभिलिएन फर्काए ।

आठौं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई ठूलो सट खेल्ने क्रममा आन्द्रे फ्लेक्चर २२ रनमा कार्लोस ब्रेथवेटबाट क्याच आउट भए । १५ औं ओभरको दोस्रो बलमा सन्दीपले नाजिबउल्लाह जद्रानलाई २५ रनमा क्याच आउट गराए । सन्दीपले महत्वपूर्ण विकेट लिनुको साथै चेशसँगको ५२ रनको साझेदारी पनि तोडेका थिए ।

मुजिब उर रहमानले मोहम्मद नाबीलाई १३ रनमा कट एण्ड बोल्ड आउट गरे । विरसामी पेरुमलले ३ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । आन्द्रे रसेलको नाममा १ विकेट रह्यो ।

Advertisement

सन्दीप सम्मिलत जमैकाले शुक्रबार बिहान ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top