राष्ट्रपतिलाई नियन्त्रणमा लिएका मालीका सैनिकहरूले नागरिक सरकार गठन गर्ने

४ भाद्र, एजेन्सी ।
पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ।

सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ।

उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ।

Advertisement

शक्ति हस्तान्तरण गर्ने
अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ।

अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन्। तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन्। नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ।

Advertisement

राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए। उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन्।

बारम्बार सत्तापलट
तर उक्त वार्तापछि यसअघि भएका सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका एक चर्चिक धार्मिक अगुवा महमुद डिको राजनीतिबाट पछि हट्ने घोषणा गरिएको छ।

केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए। केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए । तर उनले जुन महिनादेखि भ्रष्टाचार, आर्थिक अवस्था र विवादित संसदीय चुनावलाई लिएर ठूलो सडक प्रदर्शनको सामना गर्दै आएका थिए।

माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँ पटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ। अहिले उक्त देश जातीय हिंसा र जिहादी आक्रमणको लहर नियन्त्रणको निम्ति लडिरहेको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top