भारतीय जलशक्ति मन्त्री शेखावतमा कोरोना संक्रमण पुष्टि

४ भदौ, एजेन्सी । भारतमा अर्का केन्द्रीय मन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनले आफू संक्रमित भएको खबर ट्वीटर मार्फत जानकारी गराएका हुन् ।

केही दिनअघि उनमा लक्षण देखिएपछि कोरोनाको परीक्षण गराएका थिए । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेशनमा बसी कोरोनाको जाँच गराउन समेत अनुरोध गरेका छन् ।

Advertisement

यसअघि भारतका गृहमन्त्री अमित शाहमा गत अगष्ट २ गते संक्रमण पुष्टि भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top