आजका प्रमुख खबरहरुः
१.(एकै दिन ११)
नेपालमा एकै दिन कोरोनाबाट ११ जनाको मृत्यु हुँदा मृतकको सख्या १ सय ३७ पुग्यो /शुक्रबार मात्र ८ सय ३८ संक्रमित थपिँदा संक्रमित ३० हजार ४ सय ८३ पुगे /१८ हजार २ सय १४ जना डिस्चार्ज ।
२.(कहाँ कति ?)
आज शुक्रबारसम्म पिसिआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण /१२ हजार २ सय ३४ जना क्वारेण्टिनमा /१२ हजार १ सय ३२ जना आइसोलेसनमा ।
३.(प्राथमिकतामा उपचार)
विराटनगर स्थित कोशी कोभिड १९ अस्पताललाई आवश्यक जनशक्तिसहित लेभल टु मा स्तरोन्नति गर्ने प्रदेश १ सरकारको निर्णय/ स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गामा प्रदेशस्तरीय प्रयोगशाला स्थापना गरिने ।
४.(घरमै गयो प्राण)
आइसोलेसन भरिएपछि घरमै बस्न बाध्य विराटनगर ६ का कोरोना संक्रमितको मृत्यु /विराटनगरमा मृतकको संख्या ९ पुग्यो /आज प्रदेश १ मा ८९ संक्रमित थपिएसंगै संक्रमितको संख्या २ हजार ४८६ पुग्यो /१ हजार २ सय २४ जना डिस्चार्ज ।
५.(यस्तै छ देशमा)
देशका आधाभन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा, लकडाउन, सटडाउन तथा अत्यावश्यक बाहेकका सवैसेवा बन्द /विराटनगरमा आज रातिदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा जारी ÷उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन पूर्ण रुपमा कार्यान्वयन ।
६.(बाटो खोज्दै ओम्नी)
कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीसँग स्वास्थ्य सेवा विभागले गरेको सम्झौतालाई पुनः निरन्तरता दिने अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार /१५ दिनभित्र कारणसहित उपस्थित हुन सरकारलार्ई आदेश ।
७.(जनप्रतिनिधी नै असन्तुष्ट)
कोरोना रोकथामका लागि सरकारले पटकपटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिको भनाई /सरकारले दिर्घकालिन रुपमा कोरोनाको व्यवस्थापनबारे निर्णय गर्न नसकेको आरोप ।
८.(अस्पताल पनि नपुगिने भो)
अबदेखि लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने सरकारको निर्णय /पीसीआर परीक्षण सहज भएका देशहरुबाट भदौ १६ गतेदेखि शर्तसहितको नियमित उडान सुरु गरिने ।
९.(सर्पपनि मर्ने लठ्ठीपनि नभाँचिने)
‘चार्टर तथा उद्दार उडान’लाई पुनः सूचारु गर्ने सरकारको निर्णय /यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने /होटल क्वारेन्टाइनमा बस्दाको खर्च पनि व्यक्ति आफैँले व्यहोर्नुपर्ने ।
१०.(घरमै तीज)
आज शुक्रबार हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाईयो/कोरोना प्रभावका कारण सामूहिक भेला हुन नपाएपछि तीज घरमै सीमित/पशुपतिनाथ लगायत देशभरका मठमन्दिरहरु बन्द हुदा सुनसान ।
११.(रामको खोजी)
प्रधानमन्त्रीलाई भेटेर फर्किएको अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिले चितवनको माडीमा राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि जमिनको खोजी गर्दै /केही दिनमै धार्मिक गुरु तथा अध्यताहरुसँग गोष्ठी गरिने ।
१२.(परीक्षा प्रणालीमाथि प्रश्न)
एसइईमा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि नै प्रश्न उब्जियो /मुख्य विषयमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय फिर्ता लिन विज्ञको सुझाव ।
१३.(खोई त साझेदारी ?)
सरकारले निजी अस्पताललाई अपमानित गर्दे चिकित्सकको मनोबल घटाउने व्यवहार गरेको निजी अस्पताल र चिकित्सकहरुको आरोप /सहकार्यमा निजी अस्पतालहरुले आ–आफ्नो स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता जनाएपनि सरकार सहकार्य गर्न तयार नभएको उल्लेख ।
१४.(सागको अनियमितता)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन /उपसमितिले खेलाडीले खेल सामग्री नपाएको, खेल सामग्री गुणस्तरहिन रहेको भन्ने उजुरीमाथि छानबिन गर्ने ।
र,
१५.(भयवित विश्व)
विश्वव्यापी महामारी कोरोनाका कारण हालसम्म संक्रमित हुनेको संख्या २ करोड २८ लाख नाघ्यो /७ लाख ९७ हजार बढीको मृत्यु /१ करोड ५५ लाख बढी निको भए ।