स्मार्ट लाईसेन्सको छपाइ सकियाे

काठमाडौँ : गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ ।

बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।

विभागका अनुसार साउन १५ (जुलाई)सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो । ”

Advertisement

छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिए । विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो । जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिए ।,याे समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top