वीरगन्जमा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु

६ भदौ, वीरगन्ज ।
वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

डकैला बहुअरीका पुरुषको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको चिकित्सक डा.दिपक कुशवाहाले जानकारी दिए।

मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।

Advertisement

भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट उनलाई साउन ४ गते राति नै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। उनको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

्त्यस्तै वीरगन्जका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको छ। मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराइ हस्पिटलमा लगेर भर्ना गरिएको थियो।

Advertisement

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवै मृगौलाले काम गर्न छाडेपछि डायलोशीसको तयारी गर्दा गर्दै अवस्था झन गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति ८ बजे उनको मृत्यु भएको हो ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top