×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

जन्मदिनमा दीपाश्रीले भनिन्-‘आफ्नै दिदी बहिनी सम्झेर माफी दिनुहोला’

७ भाद्र २०७७

७ भदौ, काठमाडौँ ।
एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवाद र आलोचना खेपिरहेकी नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । अभिनेता राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि आलोचना खेपिरहेकी उनले जन्मदिनको अवसरमा फेसबुकमा भिडियोमार्फत उनले हात जोड्दै भनिन्–‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’

उनले तीन दशकको कला यात्रामा आधा समय दुःखमा वितेको र अहिले काममा सफलता मिले पनि व्यक्तित्व विकासका कुरामा आफूमा अझै कमजोरी रहेको बताएकी छन् । उनले भोलीका दिनमा पुनः त्यस प्रकारका गल्ती नदोर्होयाउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्–‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिषयमा मेरो कमजोरी रहेछ । यो कुराले मलाई पनि शिक्षा दिएको छ । ठूलो आँधीबेरी आएपछि रुखमा कुहिएका फलहरु झरे झै मेरो कमजोरी पनि झरेका छन् ।’

Advertisement
Advertisement

उनले अन्तरवार्ता दिने क्रममा आफूले ३ वटा गल्ती गरेको बताएकी छिन् । घरमा विवाहको माहोल चलिरहँदा विना तयारी अन्तर्वार्तामा जानु, अन्तर्वार्तामा घोचिला–पेचिला प्रश्नका कारण आफ्नो आवेगलाई कन्ट्रोल गर्न नसक्दा बडी ल्याङ्वेजमा समस्या आउनु र एक कलाकार भएर अग्रज कलाकार (राजेश हमाल) प्रति टिप्पणी गर्नु आफ्ना प्रमुख गल्ती रहेको उनको भनाई छ । उनले भनिन्–‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो । दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ । र तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ ।’

दीपाश्रीले भावुक हुँदै भनेकी छन्, ‘अन्तर्वार्ता युट्युबमा आएपछि दिनानुदिन मलाई एकपछि अर्को गालीगलौज र तिस्कारका शब्दहरु आयो ।’ सफलता सँगसँगै गाली टाँसिएर आउने उनको बुझाई छ । यसअघि फिल्मका गीतसंगीत रिलिज हुँदा पनि गाली आएको स्मरण गर्दै उनले आफूलाई गालीसँग बानी परे पनि आफ्नो समुहमाथि प्रहार हुँदा आत्मग्लानी भएको बताएकी छन् ।

दीपाले सबैको मायाले आफू मेरो उठ्न सकेको पनि बताएकी छिन् । उनले जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्–‘अबदेखि यस्तो गल्ती दोहोर्याउने छैन । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु । राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कनेछु ।’

Advertisement

गएको महिना एक टेलिभिजन अन्तर्वार्तामा ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि गालीगलौजमा उत्रिएका थिए । उनलाई अश्लिल गालीको समेत वर्षा भएको थियो । अन्तर्वार्ता दिने क्रममा आफू बडी ल्याङ्वेज र शब्द चयनमा चुकेको भन्दै अभिनेता हमालका प्रशंसकसँग माफी माग्दा पनि उनी ट्रोलको शिकार भएकी थिइन् । सामाजिक सञ्जालमा उनीमाथि भइरहेको अशिष्ट टिप्पणीलाई रोक्न अभिनेता राजेश हमालले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनलाई माफी दिन आफ्ना प्रशंसकलाई आग्रह गरेपछि यो विवाद साम्य भएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top