आयो ‘क्युरा हेल्थ‘ मोबाइल एप, जहाँ छ घरमै चिकित्सकीय सेवा

आयो ‘क्युरा हेल्थ‘ मोबाइल एप, जहाँ छ घरमै चिकित्सकीय सेवा

८ भदौ, विराटनगर ।
बढ्दो प्रविधिको प्रयोगसँगै मानिसका दैनिकीसँग जोडिएका हरेक बस्तुहरुको सहज उपलब्धता प्रविधिका माध्यामबाट बढ्दै गएको छ । प्रविधिले संसारलाई सानो बनाई दिएको छ । यसैबीचमा स्वास्थ्य नै प्रथम प्राथमिकता भन्दै क्युरा हेल्थ मोबाइल एप्लिकेसन बजारमा लन्च गरिएको छ ।

क्युरा हेल्थ मोबाइल एप्लिकेसनको माध्यमबाट घरमै बसी आफुले खोजेको चिकित्सक ,स्वास्थ्य क्लिनिक वा अस्पतालमा सोझै सम्पर्क गर्न सकिनेछ । आफ्नो मोबाइल फोनमा यो एप्लिकेसन डाउनलोड गरेपछि यसको माध्यमबाट प्रयोगकर्ताले आफुले चाहेको अस्पतालमा वा सम्बन्धित विशेषज्ञ चिकित्सकसंग आफ्नो नाम समेत दर्ता गराउन सक्नेछ ।

द नेक्स्ट जेनेरेशनसँगको सहकार्यमा आएको क्युरा हेल्थ एप्लिकेसनामा रहेको टेलिमेडिसिन  फिचरबाट सम्बन्धित चिकित्सकहरुको समय बुकिङ्ग गरि सोहि समयमा अडियो वा भिडियोकल मार्फत पनि परामर्श लिन सकिनेछ । क्युरा हेल्थका २ वटा मोबाइल एप्लिकेसन रहेको एप उत्पादन तथा निर्माणकर्ता जय श्री जाजुले बताइन् ।

विराटनगरकी महिला उद्यमी जाजु, आयुष भगत ,रजत अग्रवालको अग्रसरतामा आएको एपमा क्युरा हेल्थ र क्युरा हेल्थ डक्टर्स दुई वटा एप्लिकेसन रहेका छन् । एप विशेषत डक्टर्स र बिरामीका लागि लक्षित छन् । यस एप्लिकेसनको माध्यमबाट डाक्टर्स र बिरामीको दुरीलाई कम गर्ने पनि जाजुले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.