आजका प्रमुख खबरहरुः
१.(बढेको बढैं)
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु /मृतकको संख्या १ सय ५७ पुग्यो /आज मात्र ७ सय ४३ संक्रमित थपिँदा संक्रमितको संख्या पुग्यो ३२ हजार ६ सय ७८ /१८ हजार ८ सय जना डिस्चार्ज ।
२.(कोरोना परीक्षण)
पछिल्लो २४ घण्टामा कुल १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण /हाल देशभरका विभिन्न क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहँदा १३ हजार ७ सय १५ जना आइसोलेसनमा ।
३.(निषेधाज्ञा भित्रको संक्रमण)
विराटनगरमा २३ सहित प्रदेश १ मा ६४ जना संक्रमित थपिए /धरान र विराटनगरमा गरी दुई संक्रमितको मृत्यु /विराटनगरसहित मोरङका विभिन्न स्थानमा जारी निषेधाज्ञाको आज तेस्रो दिन पनि जारी ।
४.(बाच्नका लागि)
लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमित बढ्न थालेपछि देशका ४७ जिल्लामा आशिंकदेखि पूर्ण निषेधाज्ञा /निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक /अत्यावश्यक सेवा मात्र सुचारु ।
५.(छैन उन्मुक्ति)
सरकारद्धारा यसअघि गरिएका अस्पतालहरूको वर्गीकरण खारेज गर्ने सरकारको निर्णय /अब सवै अस्पतालहरूले ननकोभिड विरामीलाई पनि नियमित सेवा प्रदान गर्दै कोभिड विरामीको पनि उपचार गर्नुपर्ने ।
६.(महानगर जागेपछि)
दाताहरुको सहयोगमा खरिद गरी उपलब्ध गराएको पिसिआर मेसिन विराटनगर महानगरपालिकाद्वारा कोशी अस्पताललाई हस्तान्तरण/मेसिन जडानपछि विराटनगरमा दैनिक ९ सय जनासम्मको पिसिआर परीक्षण गर्न सकिने ।
७.(बेलाको बोली)
विदेशबाट आउने पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरुले होटल क्वारेन्टिनमा नबसी सिधै घर जान पाउने पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्टोक्ति/ परीक्षण सहज नभएका,अलपत्र र स्वदेश फर्किन सक्ने कुनै आधार नभएकाहरुलाई सरकारी खर्चमा उद्धार गरिने
८.(अध्यक्षका अस्त्र)
पार्टी विवाद समाधानका लागि कार्यदलले बुझाएको दुई अध्यक्षको अधिकार बाँडफाँडसहितको प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मंगलबार छलफल हुने /छलफलपछि थपघट गरेर सचिवालयमा लैजाने तयारी ।
९. (सुन्छ कि सरकारले ?)
स्वास्थ्यकर्मीहरूमाथि दुब्र्यवहार नगर्न तथा यस्ता घटना दोहोरिन नदिन राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आग्रह /संलग्नहरूलाई कारवाही गर्न आग्रह ।
१०.(पैसाका पछाडि कुद्नेहरु)
कोरोना महामारीका बेला अनलाइन कक्षा सञ्चालन गरेबापत विद्यार्थीलाई शुल्क तिर्न काठमाडौं विश्वविद्यालयको दबाब/निषेधाज्ञाका बेला विद्यार्थीलाई अनावश्यक दबाब दिइरहेको विद्यार्थीहरूको गुनासो ।
११.(शंशाकले सक्लान् ?)
देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको दाबी /पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुनेपछि यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उल्लेख ।
१२.(गुड्ने भए रेल)
जनकपुर‐जयनगर गुड्ने १३ सय यात्रु क्षमताको इलेक्ट्रिक दुई रेल तयार /एउटा रेल पटना आइपुग्यो/ भ्याटबाहेक ८६ करोड लागतमा तयार रेल भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीद्वारा निर्मित ।
१३.(पुनर्निर्माणको समीक्षा)
विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा भर्चुअल ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ को आयोजना /४ हजार ८ सय २९ घर नयाँ सुरक्षित स्थानमा स्थानान्तरण ।
१४.(नेपालीलाई कोरोना खोप)
नेपालमा कोरोना खोप परीक्षण गराउन विश्वका ७ कम्पनी इच्छुक /चीन, रुस र बेलायतले बनाएको खोपको परीक्षण गर्न मन्त्रालयद्वारा अनुसन्धान परिषद्लाई स्वीकृति /परिषद्ले स्वीकृति दिए ट्रायल सुरु हुने ।
र,
१५.(विश्व कोरोना)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ८ लाख १३ हजार बढीको मृत्यु/२ करोड ३६ लाख बढी संक्रमित /१ करोड ६१ लाख बढी डिस्चार्ज ।