रेमडेसिभिर कालोबजारीमा स्वास्थ्यकर्मी नै संलग्न

वीरगन्ज : नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु भएको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुन थालेको छ । यसको कालोबजारीमा स्वास्थ्यकर्मीहरू नै संलग्न रहेको भेटिएको छ ।

कालोबजारियाहरूले यो इन्जेक्सनलाई भारतकै रक्सौलमा २४ हजार रुपैयाँसम्म र वारिपट्टि वीरगन्जमा ३३ देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

एक संक्रमितका आफन्तले साउन पहिलो साता वीरगन्जमा उक्त इन्जेक्सन प्रतिभाइल ५० हजार रुपैयाँमा खरिद गरेका थिए । सिकिस्त संक्रमितलाई चिकित्सकले ६ भाइलसम्म रेमडेसिभिर इन्जेक्सन लगाउने गरेका छन् । अहिले वीरगन्जमा संक्रमितका आफन्तले ४० हजार रुपैयाँसम्ममा खरिद गरिरहेको उक्त इन्जेक्सन काठमाडौंमा ५० देखि ६० हजार रुपैयाँसम्ममा बेच्ने गरिएको छ । एम्बुलेन्स र भन्सारबाट छुटका मालवाहक सवारीमा रेमडेसिभिर राखेर काठमाडौं पठाउने गरिएको छ । सरकारले भारतबाट आयात खुला गरे पनि वीरगन्जमा रेमडेसिभिर सजिलै उपलब्ध हुन सकेको छैन ।

Advertisement

जानकारका अनुसार रेमडेसिभिरको कालोबजारीमा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, वीरगन्जका ठूला औषधि व्यवसायी र केही व्यापारी पनि संलग्न छन् । ‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘इन्जेक्सन चलाउन चाहनुहुन्छ भने सम्बन्धित मान्छेलाई भेट्नुहोला, ती मान्छेले उपलब्ध गराइदिन्छन् भन्छन् ।’, याे खबर कान्तिपुर दैनिकमा छfपिएकाे छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top