×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

आन्तरिक उडान सुचारु गर्ने सरकारकाे तयारी, पहिलो चरणमा पहाडी उडान

९ भाद्र २०७७

९ भदौ, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताएका छन् । देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकहरुसँग केही हिमाली र पहाडी जिल्लाहरुबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताए । उनले भने, ‘‘देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल चल्ने अवस्था छैन । तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाहरुबाट सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ । वायु सेवा सञ्चालकहरु सँग कुरा गरेर निष्कर्षमा पुग्छौँ । मन्त्री परिषदमा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्ने तिर जान्छौँ ।’’

Advertisement
Advertisement

उनले सम्भवतः दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने संकेत गरे । चाडबाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उहाँले बताए । उनले भने, ‘‘दशै तिहार लगायतका चाडबाडलाई मध्यनजर गर्दै उडान सुरु हुने अपेक्षा गरेका छौँ । एक ठडाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ ।’’

आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उनले बताए । भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै उनले कार्यदलको सुझाव अनुसार वायु सेवा कम्पनीहरुसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताए । नियमित उडानमार्फत विदेशमा अलपत्र नागरिकहरुलई भदौ १६ गतेबाट नियमित उडान मार्फत ल्याइने उनले बताए । तत्काल दैनिक ५ सयभन्दा नबढ्ने गरी अलपत्र नागरिकलाई स्वदेश ल्याउने उल्लेख गर्दै उनले यात्रुमा संक्रमणको अवस्था न्यून देखिए र सरकारले बनाएको मापदण्ड पालना भए सँख्या बढाइने बताए ।

कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकहरुलाई विभिन्न देशबाट नेपाल ल्याइएको उनले बताए । करिब २० हजार यो अवधिमा नेपाल बाहिर गएका छन । चार्टर्ड उडानहरु व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताए । चार्टर्ड उडाहरुको संख्या घटाउँदै भदौ १६ गतेबाट नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उनले बताए । त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिने छ ।

नेपाल वायुसेवा निगमको कुल सम्पत्ती ५४ अर्ब १७ करोड रहेको उनले बताए । निगमलाई उदृत गर्दै मन्त्री भट्टराईले ४५ अर्ब ९४ करोड ऋणमा निगम रहेको बताए । उनले चिनियाँ जहाजहरु नेपाली आकाशमा उठाउन उपयुक्त नदेखिएकाले ग्राउण्डेड गर्नुपरेको समेत बताए । अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजहरुको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उनले बताए । निगमले विभिन्न कमिटीहरु बनाएर विमानहरुको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको उपयुक्त विकल्प के हुन सक्छ भनेर अर्थ मन्त्रालयसँग राय मागिएको बताए ।चीनसँगको कुटनीतिक सम्बन्ध र नेपालले तिनुपर्ने बाँकी रकमलाई समेत मध्यनजर गर्दै अर्थमन्त्रालयको राय आएपछि निर्णय हुने उनले बताए ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उनले बताए । वनमन्त्रालय लगायतका निकायहरुसँग समन्वय अभावले काम प्रभावित भएको उनले बताए । पोखरा विमानस्थल तोकिएकै समय (३० जुन)मा सम्पन्न हुने उनले बताए । भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उनको भनाई छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top