नोबेल अस्पतालका ५५ स्वास्थ्यकर्मीले दिए सामुहिक राजिनामा

९ भदौ ७७, बुधबार

१० भदौ ,विराटनगर।
विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । मंगलबार कलेजको इमरजेन्सी विभागमा काम गर्ने उनीहरुले सामुहिक राजिनामा दिएका हुन ।

Advertisement

समयमा नै पारिश्रमिक नपाएको र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता नपाएको उनीहरुले बताएका छन् । समयमा नै पारिश्रमिक पाउनु पर्ने र प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेपनि व्यवस्थापनले अटेर गरेपछि स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएर आन्दोलित बनेका हुन ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएको जानकारी दिए । उनका अनुसार कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखे पनि व्यवस्थापनले दिन नसक्ने बताएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top