×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

यूकेमा हजारौँ मानिसहरू अस्पतालबाटै सङ्क्रमित भएका निष्कर्ष

१० भाद्र २०७७

१० भाद्र, एजेन्सी ।
वैज्ञानिकहरूले गरेको एक अध्ययनमा यूकेमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोनाभाइरस सङ्क्रमित भएका हुनसक्ने देखिएको छ।

किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै सङ्क्रमण भएको पाइएको छ।

Advertisement
Advertisement

यसको अर्थ के हो ?

अनुसन्धानकर्ताहरू भन्छन् यो अनुपात तुलनात्मक रूपमा कम नै हो र यसले अस्पतालहरूमा प्रभावकारी सङ्क्रमण नियन्त्रणका उपाय अपनाइएको देखिन्छ।

उनीहरूले एप्रिल २८ सम्म १,५०० सङ्क्रमितहरूको आँकडा केलाएका थिए। त्यतिखेर यूकेमा सङ्क्रमण उच्च तहमा पुगेको थियो। मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टर भन्छन्ः यी अधिकांश बिरामी पहिले देखिनै अस्पतालमा थिए। उनीहरू वृद्धवृद्धा थिए, कमजोर थिए र अन्य रोग लागेकाहरू थिए।

तर उनीहरूको उपचार पनि अरूको तुलनामा बढ्ता सफल रह्यो। शायद उनीहरूको रोग पहिचान र उपचार चाँडै हुन सक्यो।

कसरी गरियो अनुशन्धान ?

अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपश्चात् सङ्क्रमित भएकाहरूलाई मात्र अस्पतालबाट सङ्क्रमित भएको मानिएको छ।

यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा सङ्क्रमित भएकालाई पनि स्वीकार्ने हो भने यो अनुपात २३ प्रतिशतमा उक्लन्छ। तर भाइरसको सङ्क्रमणपश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखापर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै सङ्क्रमित भनेर यकिन गर्न असम्भव हुन्छ।

अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ् भन्छन् यस्तो अध्ययनले छोटो समयको अस्पताल बसाइमा सङ्क्रमित भएकाहरू समेट्न नसकेको हुन सक्छ। साथै यो अध्ययनले ती बिरामीमात्र समेट्न सक्यो जो थला परेर अस्पतालमा उपचार लिन बाध्य भए।

Advertisement

जबकि अधिकांश त्यस्ता मानिस जो अस्पतालमा सङ्क्रमित भए तर जसलाई कुनै उल्लेखनीय असर देखिएन र घरमै विनाउपचार निको भए। जे होस् यो अध्ययनले अस्पतालबाट सङ्क्रमण फैलिने जोखिम तुलनात्मक कम नै रहेको देखाएको छ।(बीबीसी)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top