किम कोमामा गएको हल्लामात्र, उन पार्टीको बैठकमा सहभागी

१० भदौ ७७, बुधबार
Share this
771shares

१० भदौ, एजेन्सी । गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन्।

Advertisement

केही सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए।

पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोना भाइरसको महामारी हुन सक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन भनेका छन्।

Advertisement

यस्तै समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुन सक्ने भन्दै उनले सचेत बनाएका हुन्।

उत्तर कोरियामा अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको बताएको छ।

Advertisement

तर नेता किमले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने तर्फ सचेत गराएका हुन् । यस्तै यो हप्ताको अन्त्यतिर समुद्री तुफान बाभीले जनजीवन प्रभावित हुने पूर्वानुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top