१० भदौ, काठमाडौँ ।
चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी ले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक भएको छ । ‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका गायक पनि राहुल आफै हुन् ।
गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ । अदितीले यसअगाडि पनि पंजाबी गीतको भिडियोमा काम गरेकी थिइन् ।
अदिती यो गीत सार्वजनिक भएसँगै उत्साहित छिन् । करिब २० लाख भ्यूज पाएको गीतमा अदितीको कामको प्रशंसा भैरहेको छ । २ हजारभन्दा बढी कमेन्टमा उनको सुन्दरताको प्रशंसा गर्ने पनि धेरै छन् ।
३ सेकेण्ड २८ सेकेण्डको भिडियोमा अदितीलाई पर्याप्त ‘स्क्रिन स्पेश’ दिइएको छ । वर्षौंदेखि भारतमा बस्दै आएकी उनी यो गीतले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा विश्वस्त छिन् ।
हाल नेपालमै रहेकी अदिती दोश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । कोभिडको संक्रमण बढेसँगै चलचित्र नगरी नै ठप्प भएपछि अदितीले काम गर्न लागेको दोश्रो नेपाली चलचित्रको छायांकन सुरु हुन नसकेको हो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
अब उनी यो फिल्मको छायांकन भ्याएपछि मुम्बई फर्किने जानकारी प्राप्त छ ।