Nepal Times
Nepal Times
3
Shares

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

लहान, १५ वैशाख ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

पडरिया चोकदेखि पश्चिममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.