क्यानडा पठाइदिने भनी २१ लाख ठगी गर्ने ३ जना पक्राउ

११ भदौ ७७, बिहीबार

११ भदाै, काठमाडाैँ ।

Advertisement

प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बुधबार दिउँसो धापासीबाट पक्राउ गरेको हो

Advertisement

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top