ब्याटिङमा चुक्दा जमैका पराजित, सन्दीपले लिए २ विकेट

ब्याटिङमा चुक्दा जमैका पराजित, सन्दीपले लिए २ विकेट

११ भदौ, एजेन्सी ।
नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलत जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा तेस्रो हार बेहोरेको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो ।

जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २–२ तथा हेडन वाल्सले १ विकेट लिए । जेसन होल्डर र रेमन राइफरले २(२ विकेट बाँडे ।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो । ओपनर ग्लेन फिलिप्स पहिलो ओभरमै मिचेल सान्टनरको बलमा शून्यमा बोल्ड हुँदा अर्का ओपनर चाडविक वाल्टन १० रन जोड्दै कट बिहाइन्ड भए । कप्तान होल्डरले दोस्रो ओभरमा वाल्टन र पाँचौ ओभरमा विपक्षी कप्तान रोभमान पावेललाई विकेटकिपर शाइहोपबाट क्याच गराएका थिए ।

आसिफ अली २ रन जोड्दै हेडन वाल्स जुनियरको बलमा क्याच आउट भए । कार्लोस ब्रेथवेटले रशिद खानको एलबीडब्लु धरापमा पर्नुअघि १ रन मात्र जोडे । जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्कासहित २८ रनको योगदान दिए । उनी सान्टनरको बलमा कप्तान होल्डरबाट क्याचआउट भएका थिए ।

बोनरले २८ बलमा ३१ रन जोडे । ३ चौका र १ छक्का र्पहार गरेका बोनर रशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । मुजिबले तल्लोक्रममा १० बलको सामना गर्दै १ चौका र २ छक्कासहित १८ रन जोडे । उनी रेमन राइफरको बलमा रिभर्स सट खेल्ने धुनमा एलबीडब्लु आउट भए । सन्दीप ४ रन र एडवाड्र्स २ रनमा नटआउट रहे ।

टस जितेर पहिलो फिल्डिङ रोजेको जमैकाका लागि सन्दीप लामिछाने र मुजिब उर रहमानको उत्कृष्ट प्रदर्शन भने कायम रहयो । तर तीव्र गतिका बलरले सोहि अनुसार साथ दिन नसक्दा बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोड्यो ।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे । उनले कार्लोस ब्रेथवेटले फ्याँकेको १८ औं ओभरमा ४ छक्कासहित २९ रन जोड्दै खेलको अवस्था नै परिवर्तन गरेका थिए । मेयर्स र होल्डरले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै बलियो स्कोरतर्फ टोलीलाई बढाएका थिए ।

कप्तान होल्डरले १४ बलमा १५ रन जोड्ने क्रममा १ छक्का प्रहार गरे । मिचेल सान्टनर २० रनमा नटआउट रहे । उनले १९ बलको सामना गर्दै २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुजिब र्उ रहमानले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनले ओपनरद्वय जोन्सन चाल्र्स ९३० र शाइ होप ९८० तथा अलराउन्डर कोरी एन्डरसन ९१० लाई पेभेलियन फर्काएका थिए । सन्दीपले पनि ४ ओभरमा मात्र १६ रन दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए ।

जमैकाका फिडेल एडवाड्र्स र कार्लोस ब्रेथवेटले १–१ विकेट लिए । ब्रेथवेटले एकै ओभरमा २९ रनसहित समग्रमा ३ ओभरमा ४५ रन खर्चिए । रोभमान पावेल र विरसामी पर्मल विकेट विहिन रहे ।

७५ औं बलमा टुट्यो सन्दीपको बाउन्ड्रीविहिन यात्रा
खेल सुरु हुनु अघि सन्दीपले ५२ बलसम्म बाउन्ड्री नखाई बलिंग गरेका थिए। त्यसलाई निरन्तरता दिंदै पुनः उत्कृस्ट बलिंग गरेका सन्दीपले आज स्पेलको अन्तिम ओभरमा चौका दिएका थिए। खेलमा त्यो नै सन्दिपले दिएको एउटा मात्र बाउन्ड्री थियो। सन्दीपको बाउन्ड्रीविहिन बलको यात्रा तोड्ने क्रममा मिचेल स्यान्टनरले १६ औं ओभरको चौथो बलमा लंग अनमा चौका दिएका थिए। २ बल मात्र लगातार तेश्रो खेलमा चौका/छक्का विहिन हुन सन्दीप चुके।

गत सिजन आफैँले प्रतिनिधित्व गरेको टिम बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध २ विकेट संगै सन्दीपको प्रतियोगितामा विकेट संख्या ५ खेलमा ७ विकेट पुगेको छ। प्रतियोगितामा अन्तर्गत सन्दीपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना बिरुद्ध २ विकेट तथा चौथो खेलमा गायना बिरुद्ध १ विकेट लिएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.