×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सार्क राष्ट्रहरुमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम

११ भाद्र २०७७

११ भदौ, काठमाडौँ । सार्क राष्ट्रहरुमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६ दशमलव ६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।

Advertisement
Advertisement

सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४.८८ प्रतिशत देखिएको छ । छिमेकी भारत तेस्रो स्थान (७६.२१ प्रतिशत) मा छ ।

नेपालमा कोभिडको मृत्युदर ०.५० प्रतिशत छ । सार्क मुलुकमा सबैभन्दा कम मृत्युदर माल्दिभ्स (०.३९ प्रतिशत) मा छ भने सबैभन्दा बढी अफगानिस्तानमा ३.६७ प्रतिशत छ । भारतमा मृत्युदर १.८४ प्रतिशत, बंगलादेशमा १.३४ प्रतिशत, पाकिस्तानमा २.१३ प्रतिशत र श्रीलंकामा ०.४० प्रतिशत छ । हालसम्म सार्क राष्ट्रमध्ये भुटानमा कोभिडले कसैको मृत्यु भएको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले नेपालमा मृत्यु भएका धेरैको परीक्षण नभएकाले मृत्युदर अझै बढी हुन सक्ने बताए । सार्कका अन्य मुलुकमा जस्तै जाँचको मात्रा मात्र नभई दायरा बढाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले समेत दिनहुँ २५ हजारभन्दा बढी कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । भारतले दिनहुँ दस लाखसम्म कोरोना परीक्षण गरिरहेको उल्लेख गर्दै उनले अन्य जनस्वास्थ्यको प्रक्रिया अपनाउनुका साथै परीक्षणको दायरा व्यापक नबनाएसम्म संक्रमण नियन्त्रण सम्भव नभएको बताए ।

पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ६ लाख ३५ हजार २ सय ५२, भारतमा ३ करोड ७६ लाख ५१ हजार ५ सय १२, पाकिस्तानमा २५ लाख १२ हजार ३ सय ३७, श्रीलंकामा २ लाख १३ हजार ४ सय ६२, माल्दिभ्समा १ लाख ५८ हजार ५५, भुटानमा ९० हजार ५ सय ५९, बंगलादेशमा १४ लाख ८५ हजार २ सय ६१, अफगानिस्तानमा १ लाख १८ हजार ९३ कोरोना परीक्षण भएको छ ।

कोभिडसँगै व्यक्तिमा भएको पुरानो संक्रमण र मौकावादी संक्रमणको समेत राम्ररी उपचार गरेको भए मृत्युदर कम हुने उनको दाबी छ । सार्क मुलुकमा कोरोनाको उपचारलगायतमा नेपालको अवस्था राम्रो नदेखिएको जनाउँदै उनले यसमा सरकारले नीतिगत रूपमै अविलम्ब सुधार गर्नुपर्ने बताए ।

डब्लूएचओको पछिल्लो विवरणअनुसार नेपालमा कोभिड–१९ रोग फैलावटको स्तर ‘क्लस्टर अफ केसेज’ अर्थात ‘समूहमा संक्रमण’ देखिएको छ । यो समुदायमा संक्रमण फैलिनु अगाडिको अवस्था हो ।

हाल सार्क मुलुकमा नेपालजस्तै समूहमा कोरोना फैलिएको मुलुक भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र श्रीलंका छन् । बंगलादेशमा कोरोना संक्रमण समुदाय (कम्युनिटी) मा फैलिसकेको छ भने भुटानमा कोरोनाको फैलावटलाई ‘स्पोरेडिक केसज’ अर्थात् ‘फाट्टफुट्ट मामिला’ भनेर डब्लूएचओले जनाउँदै आएको छ ।

Advertisement

डब्लूएचओले कोरोना फैलावटको स्तरलाई ‘स्पोरेडिक केस’, ‘क्लस्टर अफ केसेज’ र अन्त्यमा ‘कम्युनिटी ट्रान्समिसन’ अर्थात् समुदायमा प्रसारण भनेर तीन चरणमा परिभाषित गरेको छ । सार्कका आठ मुलुकले विश्वको २१ प्रतिशतभन्दा बढी जनसंख्या ओगटेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top