विदेशमा अलपत्र नेपालीलाई विना भेदभाव उद्दार गर्न एनआरएनएको आग्रह

११ भदौ, काठमाडौं । विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न गैरआवासीय नेपाली संघ (एनआएनए)ले सरकारलाई आग्रह गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् ।

प्रवक्ता क्षेत्रीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्न आर्थिक हिसाब किताब गर्न नहुने बताए । ‘नेपाली फर्काउँदा १ अर्ब पनि खर्च हुँदैन । यो सरकारले गर्नुपर्छ । राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम हुँदैनन्’ उनले भने ।

Advertisement

विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्ने क्षेत्रीले बताए । ‘सबै महिलाहरु कन्ट्रयाकमा आउन सक्ने अवस्था छैन । संक्रमित भएकाहरु पनि हुन सक्छन् । घरमा संक्रमित हुँदा कामदारहरु पनि संक्रमित भएका हुन्छन्’ उनले भने ।

नेपाल फर्किएपछि पनि उनीहरुलाई मनोपरामर्श दिनुपर्ने क्षेत्रीले बताए । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार गर्न नहुने पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top