राज्य कोष रित्तिने भन्दै नेपालीको उद्धार गर्न सरकार पछाडि फर्कियो

११ भदौ, काठमाडौँ ।
वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्दार गर्दा राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले बताएका छन् । सरकारी पैसामा उद्दार गर्दा विदेशमा रहेका सबै कामदार आउन खोज्ने र राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रियालाई पछाडि धकेल्दै लगेको सरोकारवालाहरुको बताएका हुन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वैदेशिक रोजगार समबन्धित सरोकारवालाहरुले कामदारहरुबाट जम्मा गरेको रकम खर्च गर्न ठराएको बताएका हुन् । वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले वैदेशिक रोजगारमा जानुअघि श्रम स्वीकृति लिन भन्दा पहिला १ हजार ५ सय रुपैयाँ काल्याणकारी कोषमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था भएको तर सोही रकम सरकारले खर्च गर्न कन्जुस्याई गरेको बताए । वैदेशिक रोजगारमा गएका कामदारहरुलाई भवितव्य परेमा, मृत्यु भएमा वा अपाङ्गता भएको अवस्थामा रेस्क्यु गर्नका लागि भन्दै सरकारले यो कोषमा रकम जम्मा नगर्दासम्म श्रम स्वीकृति दिदैन । तर अहिले कोभिड महामारीबाट अप्ठेरोमा परेका कामदारलाई उद्दार गर्न कोषको रकम खर्च हुने डरले सरकारले विभिन्न मापदण्ड बनाएर ढिलाई गर्ने र विभेद गर्ने नीति लिएको उनले बताए । वैदेशिक रोजगार ऐनले पनि भवितव्य परेमा कुनैपनि मुलुकमा रहेका कामदारलाई उद्दार गर्ने पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख भएकोले पनि त्यसलाई पालना गर्नुपर्ने उनले बताए । उनले स्वदेशमा फर्कन चाहने सबै कामदारहरुलाई तत्काल निःशुल्क रुपमा फर्काउन, पीसीआर परीक्षण र क्वारेन्टाइनको व्यवस्था निःशुल्क गर्न समेत माग गरे ।

वैदेशिक रोजागर सम्बन्धी रिपोर्टिङ गर्दै आउनु भएका पत्रकार सुनिल न्यौपानेले सरकारी पैसामा उद्दार गर्न थालियो भने कम्पनीले टिकट काटेर पठाउने र आफै टिकट किन्न सक्नेहरु पनि सरकारी पैसामा आउन खोज्छन र राज्यको कोषले धान्न सक्दैन भन्ने डर सरकारसँग रहेको बताए । जसका कारण पनि सरकारले वैदेशिक रोजगारीमा भएमा कामदारहरुलाई उद्दार गर्ने प्रक्रियालाई पछाडि धकेल्दै लगेको उनले बताए । सर्वोच्च अदालतले आदेश गरेपछि मात्रै बाध्य भएर उद्दारको काम सुरु गरेको सरकारले आवस्यकता अनुरुप काम नगरेको पुष्टि भइसकेको बताए । अदालतले वैदेशिक रोजगारीमा रहेका मानिसहरुलाई सरकारी खर्चमा उद्दार गर्न नभनेकाले पनि सरकारले निर्देशिका बनाई श्रम स्वीकृति लिएको निश्चित समय पुगेकालाई मात्रै उद्दार गर्ने नीति लिदा उद्दार कार्यमा विभेद देखिएको उनले बताए । श्रम तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई उद्दार गर्न ढिलो भइसकेको बताए । कोभिड महामारी सुरु भएपछि पनि निकै ढिलो गरी नीति बनाएको भएपनि सरकारले अहिले सम्म सोही नीति अनुसार उद्दार गर्न नसकेको बताए । उनले नेपाली कुटनीतिक नियोगहरु पनि अहिले बल्ल नामावली संकलन गर्ने काममा लागेकाले गैह्रजिम्मेवार बन्दै गएको बताए । विदेशमा अलपत्र परेका नेपालीलाई समयमै ल्याउन नसक्दा कतिपय व्यक्तिहरु बाटोमा अलपत्र परेको खबरहरु आइरहेको उनले बताए । उनले श्रम स्वीकृति नलिइकन जाने कामदारहरुलाई सरकारको उद्दार नीतिले नसमेटेको बताए । उनले गैह्र कानूनी रुपमा गएकाहरुलाई उद्दार गर्न सक्दिन भन्नु गैह्र जिम्मेवार भएको टिप्पणी गरे । त्यस्तै कल्याणकारी कोषमा रहेको रकम अहिले नै खर्च गरे भविस्यमा के गर्ने भन्ने सोचाई सरकारको रहेकाले उद्दार कार्यका लागि उक्त रकम खर्च हुन नसकेको समेत बताए । श्रमिकहरुले नै जम्मा गरेको कोषको रकम खर्च गर्नका लागि सरकारले कन्जुस्याई गर्न जरुरत नरहेको पनि गुरुङले बताए ।

Advertisement

वैदेशिक रोजगार व्यवसायीहरुले भने सरकारले मेनपावरले पठाएका कामदारको जिम्मेवारी सम्बन्धित कम्पनीले नै लिनुपर्ने जस्तो गरी व्यवहार गरेको बताए । वैदेशिक रोजगारबाट वार्षिक रुपमा कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा बढी रकम योगदान गर्ने मानिसहरुलाई विपदको बेलामा उद्दार गर्न कन्जुस्याई गर्न नहुने तर्क गरेका छन् । यस्तै कोभिडका कारण सबै क्षेत्रमा प्रभाव परेको तर सरकारले वैदेशिक रोजगारी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदा अहिले सम्म कुनैपनि तरिकाले राहत पाउन नसकेको बताएका छन् । पुनरकर्जा कोष, बैंक ब्याजदर लगायत कुनैपनि किसिमको सुविधा पाउन नसक्दा व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको गुनासो व्यवसायीहरुको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top