×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

प्रदेश १ का विद्यालयमा असोजदेखि सिकाई सञ्चालन गर्ने तयारी

१२ भाद्र २०७७

१२ भदौ, विराटनगर
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ । लामो समय देखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी शुरु गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरि सुझाव संकलन गरेको छ । मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए । उनले मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निश्कर्षमा पुगिने बताए ।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरि संकलन गरिएको सुझाव शिक्षा मन्त्रालय समक्ष पेश गरेको छ । मन्त्रालयले विद्यालयमा असोज देखि सिकाई सञ्चालनको सुझाव दिएको छ ।

सिकाई सञ्चालन अघि भदौ भित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाईन, आईसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिईएको छ । कक्षा सञ्चालन पुर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाईनुपर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ ।

सामाजिक विकास मन्त्रालयले विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । उसले जोर विजोर विद्यार्थी ( रोल नंम्वरका आधारमा ), जोर विजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरि कोभिड टाक्स टिम तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिईएको छ । सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्व सञ्चालन गर्न सुझाव दिएको छ ।

मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

Advertisement

प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आईसोलेसन केन्द्र सञ्चालनमा छन् । प्रदेश १ का ७ हजार १ सय ३७ विद्यालयमा करिव १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top