धरानबाट खैरो हेरोईन सहित एकजना पक्राउ

धरानबाट खैरो हेरोईन सहित एकजना पक्राउ

१२ भदौ, सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेका छन् ।

धरान-१३ का २० बर्षीय बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहिवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.