पक्राउ परेका ८० जना होम डेलिभरी कर्मचारी तथा सञ्चालकहरु छुटे

पक्राउ परेका ८० जना होम डेलिभरी कर्मचारी तथा सञ्चालकहरु छुटे

१२ भदौ, काठमाडौं । बिहीबार पक्राउ परेका होम डेलिभरी कर्मचारी तथा सञ्चालकहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले कागज गराएर छोडेको छ ।

निषेधाज्ञाको उल्लंघन गरेको भन्दै पक्राउ परेका ८० जना कर्मचारी तथा सञ्चालकलाई परिसरले बिहीबार राति नै छोडेको हो ।

उनीहरूलाई निषेधाज्ञा अवधिभर होम डेलिभरी नगर्ने सर्तमा कागज गरी छोडिएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले औषधि पसल, किराना पसल बाहेक अन्य पसलहरू खोल्न तथा अनावश्यक हिँडडुल गर्न निषेध गरेको छ। निषेधाज्ञाको अवधिमा रेस्टुरेन्ट, होटल लगायत पनि खोल्न प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रामक रोग ऐन, २०२० र स्थानिय प्रशासन ऐन २०२८को दफा ६(३) बमोजिम निषेधाज्ञा लगाएको छ।

निषेधाज्ञाको उल्लंघन गरे कानुन बमोजिम कारबाही हुने एसएसपी ज्ञवालीले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.