प्रस्तावित तीन राजदूतविरुद्ध संसदीय सुनुवाई समितिद्वारा उजुरी आह्वान

प्रस्तावित तीन राजदूतविरुद्ध संसदीय सुनुवाई समितिद्वारा उजुरी आह्वान

१२ भदौ, काठमाडौं । प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

केही दिनअघि राजदूत सिफारिस भएका बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काविरुद्ध शुक्रबार संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ ।

अबको १० दिनभित्र जो कोहीले सुनुवाई समितिसमक्ष राजदूत सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दिन सक्नेछन् ।

संविधानको धारा २ सय ९२ मा संवैधानिक परिषद्को सिफारिशमा राजदूत पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.